कोशी प्रदेशको नामकरण खारेजी माग गर्दै राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा

कोशी प्रदेशको नामकरण खारेजी माग गर्दै राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिसम्बद्ध कोच-मधेश ब्यूरोले कोशी प्रदेशको नामकरण खारेजी माग गर्दै विराटनगर बजार परिक्रमा गरि महेन्द्रचौकमा टेम्पु र्यालीसहित विरोधसभाको आयोजना गरेको छ।

शनिबार विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै राजेन्द्र महतोको प्रमुख आतिथ्यमा विराटनगर बजार परिक्रमा गरि महेन्द्रचौकमा टेम्पु र्यालीसहित विरोधसभाको आयोजना गरिएको हो।

विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले एकल राष्ट्रिय राज्यको चरित्र बदलेर बहुल राष्ट्रिय राज्यको स्वरुप धारण नगरेसम्म आम जनताले परिवर्तन महसुस गर्न नसक्ने बताएका छन्।

उनले कोशी नदीले पहिचान मागेको थियो र सो नामकरण गरेको भन्दै प्रश्न गरे। मधेसी,लिम्बू, राई, कोचले पहिचान मागेकोले सोही अनुरुप नामकरण गरी अहिलेको कोशी नाम खारेजीको माग उनले गरे।

सभालाई सम्बोधन गर्दै अर्का नेता केशव झाले कोशी प्रदेशको नामकरण मात्रै होइन सिमाङ्कनपनि त्रुटिपूर्ण रहेकोले अविलम्ब सच्याउन माग गरे। राज्यले अहिलेसम्म उत्पीडित जाति र समुदायलाई फुटाएर शासन गरेकोमा उनले आक्रोश व्यक्त गरे। उनले अब मधेसी, आदिवासी जनजाति , उत्पीडित खस आर् समेत एक भएर राष्ट्रिय मुक्ति क्रान्ति सफल पारी बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने बताए।

कार्यक्रममा कमला गुरुङ, राजिव झा, सुमन सायमी, सन्तोष मेहता, सि एन थारु, बुद्धछिरिङ मोक्तान ,केवल राई, दिपेन्द्र चौधरी, चुन्नि खातुन, सनम लिम्बु, सत्यनारायण साहलगायतका नेताले सम्बोधन गरेका थिए।

Logo