मेक्सिकोमाथि ब्राजिलको संघर्षपूर्ण जित

मेक्सिकोमाथि ब्राजिलको संघर्षपूर्ण जित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

ब्राजिलका लागि खेलको ९६औं मिनेटमा एनड्रिकले निर्णायक गोल गरेका हुन्। यस अघि ब्राजिलका लागि आन्द्रेज पेरेइरा र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए। त्यस्तै मेक्सिकोका लागि जुलियन क्युइनोनेज र गुइलेर्मो मार्टिनेजले एक एक गोल गरेका थिए।

कोपा अमेरिका खेल्ने तयारीमा रहेको ब्राजिलले त्यस अघि अमेरिकासँग मे १३ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। कोपा अमेरिकामा ब्राजिल समूह डी मा रहेको छ। यस समूहमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन्। ब्राजिलले कोपाको पहिलो खेल कोस्टा रिकासँग जुन २५ मा खेल्ने तालिका रहेको छ।

Skip This
Skip This
Logo