नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु

नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु

केन्द्रबिन्दु
51
Shares

विराटनगरकाे नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएकाे छ ।

नोवेलमा अध्ययनरत एमबीबीएस, बीडीएसलगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष खेलकुद कार्यक्रमको आयोजना गरी नोवेल फिस्टा मनाउने गर्दै आएका छन् । यस वर्ष पनि एमबीबीएस १५औं ब्याच र बीडीएस १०औं ब्याचका विद्यार्थीहरुले मिति २०८१ जेठ २५ गते एक औपचारिक कार्यक्रम गरी नोवेल फिस्टाको सुरुआत गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सहप्राचार्य प्रा. डा. ऋतु बराल र अतिथिहरुमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. गेहनाथ बराल, प्रा. डा. सिता पोखरेल, प्रा. डायूसी भद्रा, महाप्रवन्धक दिपेश राई, मानवसंसाधन विभागका प्रमुख ज्योति लुइटेल, शैक्षिक प्रशासनबाट प्रिया पोखरेल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि तथा अतिथिहरुले विरुवामा पानी हालेर साथै पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । २०८१ सालको नोवेल फिस्टाको औपचारिक सुरुआत प्रमुख अतिथिले नोवेल फिस्टाको ब्यानर पढेर गरिएकाे थियाे ।

खेलकुद कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, कबड्डी, दौड प्रतियोगिता, लङ्ग जम्प, सटपुट, महिला फुटसल, क्रिकेट, महिला क्रिकसल, व्याडमिण्टन, टेबलटेनिस, चेस, क्यारामबोर्ड, अनलाइन गेमहरु खेलिने छन् जसमा सवै शैक्षिक कार्यक्रमका विद्यार्थीहरु, इन्टर्न, रेजिडेण्ट, चिकित्सक, फ्याकल्टी, कर्मचारीहरु समावेश हुने छन् । नोवेल फिस्टा जेठ ३२ मा समाप्त हुने छ ।

Logo