असार १९ देखि निगमको जापान उडान शुरु हुँदै

असार १९ देखि निगमको जापान उडान शुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी असार १९ गतेबाट जापान उडान सुरु गर्ने औपचारिक घोषणा गरेको छ । निगमले सातामा तीन दिन उडान गर्ने गरी काठमाडौं–जापान सीधा उडानको घोषणा गरेको हो ।

निगमले काठमाडौं–ओसाकाको नियमित उडान हरेक मंगलबार, बिहीबार र शनिबार हुने जानकारी दिएको छ । निगमले काठमाडौंबाट बिहान २ः३० बजे ओसाकाका लागि उड्नेछ । स्थानीय समय अनुसार दिनको ११ः५५ बजे जापानको ओसाका पुग्नेछ । यसैगरी ओसाकाबाट स्थानीय समय अनुसार १ः५५ बजे उडेको निगमको जहाजले काठमाडौंमा सोही दिन साँझ ६ः०० बजे अवतरण गर्ने जानकारी निगमले दिएको छ ।

ओसाकाको सबै उडान निगमको ठूलो जहाज वाइडबडी ए ३३०–२०० बाट गर्नेछ । यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गथ्र्यो । तत्कालीन समयमा विमानको कमीले जापान उडान स्थगित गरिएको थियो । सन् २००० मा ४१ हजार ७० जनाले जापान–काठमाडौं यात्रा गरेका थिए । जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिब २२ हजार यात्रु आएका थिए ।

Logo