धरान
प्रदेश १ को नाम र राजधानी तोक्ने कसरत भइरहँदा धरानको नागरिक समाज र राजनीतिक दलहरुले राजधानीको माग गर्दै सशक्त आन्दोलन गर्ने भएका छन् ।
प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने मिति सँघारमा आएको र नेकपाले राजधानी तोक्दा धरानमा कुनैपनि संरचना ल्याउने सम्भावना नरहेपछि धरानका राजनीतिक दल र नागरिक समाज आन्दोलनमा उत्रिएका उनीहरुले बताएका छन् ।
धरान उपमहानगरपालिकाको पहलमा शनिबार साँझ आकस्मिक सर्वपक्षीय बैठक बसेर सशक्त आन्दोलन गर्ने निर्णय गरेका हुन् । ‘राजधानीको माग गर्दै सशक्त संघर्ष शुरु गर्ने निर्णय गर्यौं, धरानमा पर्याप्त पूर्वाधार भएर पनि केही छैन भन्दै गलत प्रचार भयो,’ कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्, ‘हामीले राजधानी र मन्त्रालयको लागि आवश्यक जग्गा र संरचना दिन्छौं भनेर वितरण नै दिएका छौं । हामी धरानमा राजधानी चाहन्छौं।’
सर्वपक्षीय बैठकले आइतबारदेखि कूटनीतिक पहल गर्ने पनि निर्णय गरेको छ । धरानबाट आइतबार सर्वपक्षीय टोली सभामुख, मुख्यमन्त्री, नेकपाको संसदीय दलका नेताहरु, नेकपाका प्रदेश इन्चार्ज र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेतालाई पनि भेटेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
नागरिकबाट





























प्रतिक्रिया