अष्ट्रेलीयन क्रिकेटर स्टीव स्मिथ स्वदेश फर्किएका छन् । राजस्थान रोयल्सको कप्तानी सम्हालीरहेका स्मिथ स्वदेश फर्किएका हुन् । अब राजस्थानको कप्तानी अनुभवी क्रिकेटर अजिंक्य रहाणेले सम्हाल्ने भएका हुन् ।
उनले आज दिल्लीको फिरोजशाह कोटला मैदानमा हुने खेलमा राजस्थान रोयल्सको कप्तानी सम्हाल्ने छन् ।
रहाणेले यस सत्रको पहिलो खेलमा पनि राजस्थान रोयल्सको कप्तानी सम्हालेका थिए । मुंबई इंडियंस बिरुद्धको दोश्रो खेलबाट मात्र स्मिथलाई कप्तानी दिइएको थियो ।
कप्तानीबाट मुक्त भएपछि उनले केही राम्र पारी खेलेका थिए । दिल्ली क्यापिटल बिरुद्ध उनले शानदार शतक पनि बनाएका थिए ।
राजस्थान रोयल्सले एक बयान जारी गर्दै स्मिथ विश्व कपको तयारीका लागि स्वदेश जानुपर्ने भएपछि रहाणेलाई आज हुने दिल्ली बिरुद्धको खेलमा कप्तानीको जिम्मा दिइने भएको हो । आजको खेलमा दिल्लीलाई पराजित गर्दै राजस्थान प्ले अफमा जाने तयारीमा रहेको छ ।





























प्रतिक्रिया