रुकुममा जिप दुर्घटना हुँदा बालिकाको मृत्यु , ५ जना घाइते

रुकुममा जिप दुर्घटना हुँदा बालिकाको मृत्यु , ५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

रुकुम

रुकुम पश्चिमको मुसिकोटबाट रुकुम पुर्वको सिस्नेरी तर्फ गइरहेको यात्रुबाहक जिप दुर्घटना हुँदा एक ९ महिनाकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिस्ने गाँउपालिका ८ की ९ महिनाकी बालिका निर्जला रावल रहेकी छिन् ।

लु १ ज १७८१ नम्बरको जिप साँझ साँढे ५ बजेतिर रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नं ८ धपे नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जिप चालक राजन बोहरा सहित ५ जना घाइते भएका छन् । अन्य घाइते हुनेहरुमा मोहन चन्द, रमिता रावल, ज्ञानी रेउले र इश्र्वरी गौतम रहेका छन् । घाइतेलाई थप उपचारका लागी जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको छ ।

जिप सडकबाट करिव ३०० मिटर तल खसेको प्रहरीले बताएको छ । ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
नेपाल समाचारपत्रबाट

Logo