रैथाने बालीको संरक्षण गर्न बीउ बैंक

रैथाने बालीको संरक्षण गर्न बीउ बैंक

केन्द्रबिन्दु
30
Shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक सञ्चालन गरिएको छ। यहाँ रहेको रारा सामुदायिक बीउ बैंकले रैथाने बालीको बीउ संरक्षण गर्दै आएको छ।

संस्थाहरूको सहयोग र सहकार्यमा नगरपालिकाले समुदायस्तरमै बीउ बैंक स्थापना गरी संरक्षणको व्यवस्था गरेको हो।

वडा नं ५ ढुममा ०७७ सालमा स्थापना भएको बीउ बैंकमा हाल नगरपालिकाका सबै वडाका बासिन्दा सदस्य छन्। बैंकमा धान, मार्सी, कागुनो, जौँ, फापर, कोदो, भटमास, उवा, चिनो, सिमी, मास, मुसुरो लगायत अन्य अन्नबाली, टिमुर, खुर्सानी, धुनियाँ, अदुवा, जिरा, लसुन, प्याज, बन्दा, गाँजर, मुला लगायत मसला र तरकारी बालीहरुको संरक्षण गरिएको अध्क्षय कालीबहादुर रोकायाले बताए।

‘गाउँ–गाउँमा विदेशी उत्पादनले पकड पायो। मान्छेहरुले पनि कुन रैथाने, कुन विदेशी छुट्याउन सक्ने अवस्था भएन,’ उनले भने, ‘किसानलाई आवश्यक पर्दा रैथाने बाली लगाउन र बीउ रोप्न सहज होस् भन्ने हेतुले हामीले रैथाने बाली संरक्षण गरेका छौँ।’

अहिले नगर क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घरको समेत स्थापना गरिएको छ।

Logo