नवलपुरमा भारी मात्रामा हावाहुरी र वर्षा, विद्यालय बन्द

नवलपुरमा भारी मात्रामा हावाहुरी र वर्षा, विद्यालय बन्द

केन्द्रबिन्दु
0
Shares

नवलपरासी । हुरीबताससहित भारी वर्षापछि नवलपरासीका विद्यालय बन्द गरिएका छन् । कावासोतीलगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ ।

कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले प्रचलित कानुन अनुसार बिदा दिन नमिल्ने भए पनि हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अधिकांश विद्यालय बन्द गरिएको जानकारी दिए ।

Skip This
Skip This
Logo