काठमाडौं
विगत १६ वर्षदेखि सञ्चालित एनसीसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना १ सय २२ शाखाहरू मार्फत सञ्चयकोष, अवकाश कोष, उपदान कोष, सञ्चित बिदा कोषलगायतमा ७० प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले कोषहरूको खाता खोल्ने, सञ्चित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरूलाई सञ्चित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरू गर्दै आइरहेको छ ।
यस कोषले गत ०७५ असार मसान्तसम्मको सञ्चित बचतबाट ७० प्रतिशत रकम ३ करोड ६२ लाख ७० हजार रुपैयाँ आफ्ना करिब २ सयभन्दा बढी संघ–संस्थाका सबै ग्राहक कर्मचारीहरूलाई सोही अवधिको सञ्चित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश रकम निजहरूकै सम्बन्धित अवकाश कोष खाताहरूमा जम्मा हुने गरी वितरण गरेको हो ।































प्रतिक्रिया