गायक राजनराज शिवाकोटी र गायिका सदिक्षा कट्टेलको स्वरमा रहेको नयाँ गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा राजनराज स्वयंले सङ्गीत भरेका छन् ।
प्रसन्न पौडेल र प्रचण्ड पौडेलद्वारा निर्देशित भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ । युमी बलामीको कोरियोग्राफी र राजुजङ्ग बस्नेतको सम्पादन रहेको भिडियोमा ग्रामीण सौन्दर्य र आधुनिक मानसिकताका फ्युजन गरिएको छ ।
गायक तथा संगीतकार राजनराजको ‘सुर्के थैली खै’, ‘कुटुमा कुटु’, ‘फुलबुट्टे सारी’, ‘चेप्टे चेप्टे पेरुङ्गो’, ‘चरीले काफल टिप्यो’लगायतका गीत सर्वाधिक रुचाइएका गीतमा पर्छन् ।
यस्तै, ‘नेपाल आईडल सिजन २’ बाट राम्री गायिकाको ट्याग पाएर उदाएकी गायिका सदिक्षा नेपाली सांगीतिक क्षेत्रमा ठुलो सम्भावना बोकेकी भर्सटाइल गायिका हुन् । उनले ‘माया रैछ र त भर रैछ नि’, ‘राजा रानी’, ‘चोरी चोरी’, ‘फर्की फर्की’ जस्ता हिट गीत दिइसकेकी छन् । उनको गायन क्षमताकै कारण उनी अग्रज संगीतकर्मीको नजरमा परिरहेकी छन् । हाल ‘खुर्सानीलाई बियाँ’ले पनि राम्रै प्रतिक्रिया पाइरहेकाे छ ।





























प्रतिक्रिया