ललिता निवास प्रकरण : विष्णु पौडेलसँगै देउवामाथि पनि छानबिन हुने

ललिता निवास प्रकरण : विष्णु पौडेलसँगै देउवामाथि पनि छानबिन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्न जो कोही भए पनि कारवाही हुने स्पष्ट पारेको छ । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बालुवाटार जग्गा खरिद प्रकरणमा तथ्य र प्रमाणबाट दोषी जो कोहीलाई पनि कारवाही गरिने स्पष्ट पारेका हुन् ।

सुवर्ण शम्शेरको भनाई, रिसइवी साध्ने आशंका, नेपाली कांग्रेसले बचाउमा बोलेको र कांग्रेस सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएपछि छानविन प्रभावित हुने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बाँस्कोटाले दोषी पाइए नेकपा महासचिव विष्णु पौडेलदेखि देउवासम्मलाई कारवाही हुने जवाफ दिए ।

‘कोहीप्रति रिसइवी साध्ने तरिकाले उत्खनन् गरिएको विषय यो होइन । सुशासन र सरकारी सम्पत्तिको रक्षाभित्र पर्छ । यसमा जो कोही पर्नुस् चारतारे, लालतारे । तथ्य र प्रमाणले देखाउँछ भने यसमा कसैलाई पनि छुट दिन सक्दैनौं’, उनले भने । उनले चारतारे भनेर कांग्रेस (देउवा) र लालतारे भनेर नेकपा (विष्णु पौडेल) तर्फ लक्षित गरेका हुन् ।

मन्त्री बाँस्काटाले बालुवाटार जग्गा प्रकरणमा सरकारले छानविन समिति बनाएर काम गरिरहेको भन्दै विष्णु पौडेलको नाम जोडेर सरकारलाई बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाए । ‘विष्णु पौडेलको नाम जोडिएपछि कुण्ठा पोखियो । विषय बाहिर आएपछि यही सरकारले छानविन समिति बनाएको होइन ?’ उनले गुनासोसहित प्रश्न गरे, ‘छानविन गरेर थप विवरण अगाडि ल्यायो । सरकारले राम्रो गर्यो भन्नु त कता हो कता, विषयलाई क्षणिक रमाइलोको निम्त प्रयोग गरियो ।’
नागरिकबाट

Skip This
Skip This
Logo