काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा पार्टीले बिजय प्राप्त गर्ने गरि नीति तर्जुमा गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।
विहिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चुनाव जित्ने गरि नीति बनाउन निर्देशन दिएका हुन् ।
पार्टीले अबलम्बन गर्ने नीति नै उसको जीतको आधार हुने भन्दै उनले नीतिगत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले पार्टी भित्र आन्तरिक अनुसासन पनि हराउदै गएको भन्दै पार्टी अनुशासनका सम्बन्धमा कार्यकर्ता माझ प्रशिक्षण संचालन गर्न निर्देशन दिए ।
सभापति देउवालले पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको स्वीकार गरे । आन्तरिक चुनावमा पराजित भएकाले विजयी उम्मेदवारलाई सहयोग गर्नुको सट्टा बोलचालै बन्द गर्ने संस्कृति हावी हुँदै जादा सिंगो पार्टी पक्तिनै कमजोर हुने भन्दै उनले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया