काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा देखिएको गलत प्रविधिलाई निष्तेज पार्ने बताएका छन् । प्रधानमन्त्री ओलीले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि सामाजिक संजालमा देखिएका गलत प्रविधिलाई रोक्नुको विकल्प नरहेकोे पनि स्पष्ट पारे ।
राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संचार र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पारे । त्यसका लागि उत्पादनसँग प्रविधिलाई जोड्ने प्रधानमन्त्रीको योजना छ ।
प्रधानमन्त्री ओलीले उत्पादनसँग प्रविधि जोड्दा तीव्र आर्थिक विकास हुने र त्यसले मुलुकलाई समृद्ध बनाउने तर्क पनि गरे । तर प्रविधिको दूरुपयोग हुन दिन नहुनेमा सबैले पहल गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सामाजिक संजालमा गलत प्रयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा सामा पलाएजस्तै भएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न जरुरी रहेको बताए । केही वर्ष अघि मोवाईल चलाउन अनौठो मानिएपनि अहिले त्यसबाट हरेक नेपालीको घरमा बच्चालाई जोगाउन समस्या भईरहेको बताए ।





























प्रतिक्रिया