काठमाडौं । एक महिलाले आफ्नै श्रीमानको हत्या प्रयास गरेकी छन् । भारतको बैंग्लोरमा सुनिता महरले आफ्नै श्रीमानको हत्या प्रयास गरेकी हुन् । बैंग्लोरको रामुतिनगरमा बस्दै आएकी सुनिताले श्रीमान कुम्ब महरमाथि धारिलो हतियार प्रहार गर्न खोज्दा ससुरामाथि लागेको छ ।
श्रीमानलाई हानेको हतियार ससुराको काँधमा लागेको प्रहरीले जनाएको छ । ससुरामाथि नै हतियार प्रहार गरेकी सुनिताले आफु बच्न उल्टै ससुरामाथि बलात्कारको आरोप लगाएकी छन् ।
उनले बलात्कारको प्रयास गर्दा आत्मरक्षाको लागि हतियार प्रहार गरेको प्रहरीमा उल्टै ससुरा र देवरविरुद्द जाहेरी दिएकी छन् । स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
सुनिताले प्रहरीमा दिएको बयानमा ससुराले जबरजस्तीकरणी गर्न खोज्दा प्रतिकार गरेकी बताएकी छन् । तर ससुराले छोरालाई मार्ने उद्देश्यले हतियार प्रहार गरेकी र बचाउन जाँदा उल्टै आफुमाथि आक्रमण गरेको बताएका छन् ।
प्रहरीले दुवैको बयानको आधारमा अनुसन्धानलाई अगाडि बढाएको छ । सुनितामाथि ज्यान मार्ने उद्योग अन्र्तगत रहेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सुनिताले लगाएको बलात्कार आरोप सम्बन्धमा पनि अनुसन्धान भईरहेको हो ।





























प्रतिक्रिया