नेपाललाई १ सय १६ रनको लक्ष्य

नेपाललाई १ सय १६ रनको लक्ष्य

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालविरूद्ध खेलिरहेको दक्षिण अफ्रिकाले १ सय १६ रनको लक्ष्य दिएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रनमात्र जोड्न सक्यो।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदै दक्षिण अफ्रिकालाई १ सय १६ रनमा रोके।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा ४३ रन बनाए।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाउँदा क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे।

Skip This
Skip This
Logo