प्रधानमन्त्री दाहाल र सदस्य–सचिव घिसिङसंगै क्रिकेट हेर्दै

प्रधानमन्त्री दाहाल र सदस्य–सचिव घिसिङसंगै क्रिकेट हेर्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेलसँगै हेरि रहेका छन्।

प्रधानमन्त्री दाहाल र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा संगै खेल हेरि रहेका हुन्।

टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ।

दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाल सामू १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालका लागि स्पिनरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंग ऐरीले उत्कृष्ट बलिङ गर्दै क्रमशः ४ र ३ विकेट लिएका थिए। नेपाल अहिले ब्याटिङ गरिरहेको छ।

Logo