दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकासँग नेपाल पराजित भएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा शनिबार बिहान भएको खेलमा नेपालले एक रनले पराजित भएसँगै सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन जोडेको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले निर्धारित २० ओ‌भरमा ७ विकेट गुमाउँदै १ सय १४ रन मात्रै जोड्न सक्यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान रोहित पौडेल २ बलमा शून्य रन जोड्दै दोश्रो विकेटका रुपमा पभेलियन फर्के।

तेश्रो विकेटका रूपमा नेपालले अनिल शाहलाई २७ रनमा गुमाउँदा चौथो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई ६ रनमै गुमाउन पुग्यो। पाँचौ विकेटका रुपमा ओपनर आशिफ शेख ४२ रन जोड्दै आउट भए।

Logo