‘प्रधानमन्त्रीको सपना पुरा गर्न पानी जहाज चलाए’ (भिडियोमा)

‘प्रधानमन्त्रीको सपना पुरा गर्न पानी जहाज चलाए’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको आफ्नै पानी जहाज हुन्छ’ भन्दै भाषण गर्दा कतिले मजाक उडाए । कतिले त कागजको ढुंगा बनाएर भएपनि चलाए । तरपनि प्रधानमन्त्रीले आफ्नो भाषणलाई रोकेनन् । बरु भाषणसँगै कामलाई पनि अगाडि बढाए । सम्भाव्यता अध्ययन गर्न लगाए ।

कोशी नदीमा ‘जेट बोट’ को मज्जा (भिडियो रिपोर्ट)

अझ भनौं पछिल्लो समय प्रधानमन्त्री ओलीले पानी जहाज आफ्नो मिसन नै बनाए । त्यही अनुरुप पानी जहाज कार्यालय स्थापना गर्नेदेखि लिएर पूर्वाधार निर्माणमा जुटे । फलस्वरुप सानै रुपमा भएपनि सप्तकोशीमा पानी जहाज सञ्चालनमा आएको छ ।

अहिले आएर बल्ल प्रधानमन्त्रीलाई व्यंग गर्नेहरुको मुख बन्द भएका छन् । सुनसरी र उदयपुर जिल्लालाई जोड्ने सप्तकोशीमा यतिबेला पानी जहाज (जेट बोट) सञ्चालनमा आएको छ । यतिबेला राजेन्द्र कार्कीले प्रधानमन्त्रीको सपना साकार पार्न सक्रिय भएर लागेका छन् । एकातिर नेपालीको आवश्यकता तथा अर्कोतिर प्रधानमन्त्रीको सपना दुवै साकार पार्न जेट बोट सञ्चालनमा ल्याईएको उनको भनाई छ । थप भिडियोमाः

Logo