चट्टान फुटाउन लागेको एस्काभेटर कर्णालीमा खस्यो

चट्टान फुटाउन लागेको एस्काभेटर कर्णालीमा खस्यो

केन्द्रबिन्दु
0
Shares

हुम्ला

चट्टान फुटाउने क्रममा एस्काभेटर कर्णाली नदीमा खसेको छ । कर्णाली करिडोर अन्तर्गतको हुम्ला जिल्लाभित्र पर्ने खार्पु छारे खण्डको घुम्ने (घोडाबान) भन्ने ठाउँमा सडक निर्माणका क्रममा एस्काभेटर खसेको हो ।

चट्टान फुटाइरहेको बेला माथिबाट चट्टान र रुखहरु आएपछि चट्टान, रुख र एस्काभेटरहरु सँगै ३० मिटर तल कर्णालीमा खसेको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकिशोर शाहीले बताए ।

कर्णाली करिडोरको खार्पुदेखि छारे खण्डको घुम्नेमा बाटो निर्माण गर्ने क्रममा चट्टान फुटाउँदा एस्काभेटर नदीमा खसेको थियो । चालक विष्णु बुढालाई तत्काल सकुशल उद्धार गरी खार्पुनाथमा रहेको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई जिल्ला अस्पताल सिमकोट लगिएको हुम्ला प्रहरी प्रमुख डीएसपी रामप्रसाद घर्तीमगरले बताए । चालक बुढाको छाति, टाउको र ढाडमा सामान्य चोट लागेको छ।

खार्पुदेखि छारे सम्मको १६ किलोमिटर सडक निर्माणको जिम्मा पाएको पीएस द क्याराभान कंग्री जेभिलले खार्पुनाथ पालिकाको केन्द्र याङचुबगरबाट साढे १ किलोमिटर दक्षिण स्थित कर्णली नदी तिरको घुम्ने भीर (घोडाबान) मा सडक खनिरहेको थियो । स्काभेटर कर्णालीको भेलमा खसेकाले निकाल्न नसकिने याङचु प्रहरी चौकी खार्पुलाई उद्धित गर्दै प्रहरी प्रमुख घर्तीमगरले बताए ।
नागरिकबाट

Logo