स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति आज स्वदेश फिर्ता हुने

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति आज स्वदेश फिर्ता हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरम अन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) स्वदेश फर्किने भएकी छन् ।

स्वास्थ्यमा समस्या देखा परेपछि उनी सम्मेलनका कार्य तालिकाभन्दा एक दिन अघि स्वदेश फिर्ता हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्ने सल्लाहकार अर्यालले जानकारी दिए । उनले भने, राष्ट्रपति ज्यूको स्वास्थ्यमा समस्या आएपछि आज नै स्वदेश फिर्ता हुन लाग्नु भएको हो ।

बिआरआई फोरम अन्तर्गतको गोलमेच सम्मेलनमा सहभागी भई चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमणमा पुगेकी राष्ट्रपति भण्डारी सिधै नेपाल आउने भएकी हुन् ।
नयाँ पत्रिकाबाट

Logo