नेविसंघसहित ११ विद्यार्थी संगठनले गरे सरकारविरुद्ध प्रदर्शन

नेविसंघसहित ११ विद्यार्थी संगठनले गरे सरकारविरुद्ध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेससहित ११ विद्यार्थी संगठनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका छन् । नेविसंघ लगायतका ११ विद्यार्थी संगठनहरुले माइतीघरदेखि बानेश्‍वरसम्‍म नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

नेविसंघको अगुवाइमा उनीहरुले विद्यालयदेखि विश्वविद्यालय तहसम्‍म भएका शुल्कवृद्धि रोक्‍नु पर्ने, देशमा भएका हत्‍या(हिंसा नियन्त्रण गर्नुपर्ने, कञ्‍चनपुरकी बालिका निर्मला पन्तको हत्‍यारालाई सार्वजनिक गरी सजाय दिनुपर्ने लगायतका माग राखेका छन् ।

विद्यार्थीहरुले संविधानमा सबैको अपनत्व हुनेगरी संशोधन गर्न, सरकारले लुकाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेका थिए।

Logo