चरमपंथी इस्लामिक संगठन आईएसले आफ्ना सर्वोच्च नेता अबु बकर अल–बग्दादीको नयाँ भिडियो सन्देश सार्वजनिक गरेको छ । पाँच वर्षपछि सार्वजनिक भिडियोमा बग्दादीले पश्चिमा शक्तिका कारण आफ्नो संगठनले गुमाउनु परेको भूभागको बदला लिएर छाड्ने बताएका छन् ।
सन् २०१४ पछि बग्दादी पहिलो पटक यसरी भिडियो सन्देश मार्फत सार्वजनिक भएका हुन् । सिरियाली भूमी बागुजमाथीको नियन्त्रण गुमाएपछि बग्दादी यसरी सार्वजनिक भएका हुन् । बागुज आइएसको कब्जामा रहेको अन्तिम आधार क्षेत्र थियो ।
तीन वर्षअघि सम्म सिरियाको झण्डै ६५ प्रतिशत भूमि अर्थात ८८ हजार वर्ग किलोमिटर क्षेत्र माथी कब्जा जमाएको आइएस पछिल्लो समय समाप्त हुने अवस्थामा पुगेको छ ।
तर आफ्नो १८ मिनेट लामो भिडियो टेपमा बग्दादीले आफ्नो संगठनले यसको बदला लिएरै छाड्ने चेतावनी दिएका छन् । आइएसले आफ्नो नेताको यो भिडियो यहि अप्रिल महिनामा सुटिङ गरिएको पनि जनाएको छ । यो भिडियोलाई आइएसले अर्को इस्लामिक संगठन अल–फर्कानको मिडिया नेटवर्कबाट सार्वजनिक गरेको थियो ।
बग्दादीको यो भिडियो सार्वजनिक भएपछि अमेरिकाका विदेश मन्त्रालयका प्रवक्ताले यसलाई सुक्ष्म ढंगले विश्लेषण गर्ने प्रतिक्रिया दिएका छन् । उनले अमेरिका सिरिया र इराकबाट आइएसलाइ हटाइ छाड्नेमा प्रतिवद्ध रहेको पनि बताएका छन् ।
सिरियाको बागुजमा आफुलाइ परास्त गरेको बदलामा दुइ साताअघि श्रीलंका आक्रमण गरेको पनि बग्दादीले भिडियोमा बताएका छन् ।
को हुन् बग्दादी ?
अबु बकर अल–बग्दादी सन् १९७१ अर्थात ४८वर्षअघि इराकको समारामा जन्मिएका थिए । कुरान र धार्मिक कानूनमा पीएचडी गरेका बग्दादी आफ्नो अध्ययनपछि कट्टरपन्थि इस्लाकिम समुहसंग आवद्ध भएका थिए ।
अल कायदा र ओसामा बिन लादेनका प्रशंसक बग्दादिले आइएसका नाममा आफ्नै संगठन खोल्दै पश्चिमा मुलुकमाथी आक्रमण गर्दै आइरहेका छन् । आफ्नो उदेश्य पुरा नहुदा सम्म आफु यो काममा लागिरहने बग्दादीले बताउँदै आइरहेका छन् ।





























प्रतिक्रिया