काठमाडौं
मंगलबार (आज) देशको पहाडी भु–भागमा आंशिक बदली रहने तथा बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अन्सार पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । साथै पश्चिमी भेगका एक–दुई स्थानमा सामान्य हुरी/बतास चल्ने सम्भावना छ ।
त्यसैगरी रातिको समयमा देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।































प्रतिक्रिया