देउवालाई सुवास नेम्वाङको प्रश्न, ‘जनता खुशी भएको देख्नुभएन् ?’

देउवालाई सुवास नेम्वाङको प्रश्न, ‘जनता खुशी भएको देख्नुभएन् ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तापक्ष दल नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले सबै प्रकारका आग्रह, पुर्वाग्रहभन्दा माथि उठ्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् । सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले सबै प्रकारका आग्रह पुर्वाग्रहबाट माथि उठेर जनतालाई परिणाम देखाउने गरि काम गर्नका लागि निरंकुशता विरुद्ध आन्दोलन गरेका शक्तिहरु एकठाउमा उभिनुपर्नेमा जोड दिए ।

प्रमुख प्रतिपक्षी दलका नेताले सार्थक प्रतिपक्षीको भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकोमा धन्यवाद दिदै उनले सत्तापक्षले पनि आफ्नो ठाउबाट जिम्मेवारीपुर्वक भुमिका निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरे । सत्तापक्षले सधै प्रतिपक्षी दललाई सम्मान गर्ने भन्दै उनले सोही अनुसारको भुमिका निर्वाह गर्न आग्रह गरे ।

उनले जनतालाई सकारात्मक परिणाम देखाउने गरि काम गर्नुको विकल्प नरहेको बताए । उनले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने बताए । उनले भने, “सार्वजनिक जग्गा अतिक्रमण हुन दिईदैन । कसैले पनि अतिक्रमण गर्न पाउदैन । कहीँ पनि संविधान र कानुन विपरित काम भएका छन् भने सरकारले ठिक ठाउमा ल्याउँछ । यो सरकारको सम्माननिय प्रधानमन्त्रीको प्रतिवद्धता हो ।”

उनले संसदलाई शसक्त र प्रभावकारी बनाउने तथा पारदर्शीता र जवाफदेहीतालाई व्यवहारमा स्थापित गर्नका लागि आवश्यक भुमिका खेल्न तयार रहेको बताए । उनले निरंकुशता कुनै पनि नाममा सैह्य नहुने भन्दै त्यसविरुद्ध एकजुट हुन आव्हान गरे । अधिवेशनले के कस्ता आधार तय गर्छ, जनताको भावना र चाहानालाई कसरी सम्बोधन गर्छ भन्ने विषय सबैको सरोकारको विषय भएको भन्दै उनले सबै एक ठाउँमा उभिएर जनताको साझा चासो र सवाललाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

जनतालाई अधिकार सम्पन्न गराई सम्वृद्ध नेपाल र सुखी नेपालीलाई व्यवहारमा प्राप्त गराउने मुख्य जिम्मेवारीमा सरकार रहेको भन्दै उनले यस्तो अवस्थामा जनता निराश छन् भन्न नमिल्ने तर्क गरे । उनले जनता उत्साहित र खुसी रहेको बताए । सदनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले काम गर्न नसकेको र जनता निराश भएको बताएका थिए ।

नेम्वाङले त्यसको खण्डन गर्दै भने, ‘यो देशमा अधिकारका लागि आन्दोलन गर्नुपर्दैन । यो विन्दुमा हामी उभिएका छन् । यस्तो अवस्थामा जनता निराश छन् भन्नु कति उपयुक्त हुन्छ ?’ उनले अघि भने, ‘जनता निराश होइन, उत्साहित छन्, खुसी छन् ।’

Logo