कृषिमन्त्री ज्वाला भन्छिन्: रासायनिक मलको अभाव हुँदैन

कृषिमन्त्री ज्वाला भन्छिन्: रासायनिक मलको अभाव हुँदैन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छिन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री ज्वालाले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिदै मलको अभाव नहुने बताएकी हुन्। उनले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने जानकारी दिएकी छन्।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको बताउँदै उनले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट गरेकी छन्।

मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको बताइन।

Skip This
Skip This
Logo