काठमाडौं । स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ। गएराती सम्पन्न समूह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।
स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए।
यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो। २ खेलमा ६ अंक हासिल गरेको स्पेन समूह बी बाट नकआउट चरणमा छनौट भएको छ। त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ।
अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोही दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ।





























प्रतिक्रिया