कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । संसदमा बजेटमाथिको छलफल सकिएर पारित गर्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने नेताहरूले बताएका छन्। त्यसअघि दिउँसो २ संसदीय दल कार्यसमितिको बैठक बस्नेछ।

आजको बैठकमा बजेट पारित गर्ने विषयमा छलफल हुने सांसदहरूले बताएका छन्।

Logo