अभिनेत्री रेखा थापा एनसेलविरुद्ध आक्रामक रुपमा उभिएकी छन् । झण्डै ४० अर्ब कर नतिरेको विषयमा एनसेलमाथि चौतर्फी दवाव आईरहेको बेला अभिनेत्री थापाले अब एनसेलको अफिसमै ताला लगाउनुपर्ने बताएकी हुन् । उनले एनसेलबाट जसरी पनि कर उठाउनुपर्नेमा जोड दिएकी छन् । एनसेलको अर्बौको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवाहरुलाई आह्वान समेत गरेकी छन् ।
अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसविरुद्ध युवाहरु अग्रसर हुनुको विकल्प नरहेको बताईन् । आईतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एनसेलको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरेकी हुन् । एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाई छ ।
सर्वाेच्चको आदेशपछि ठूला करदाता कार्यालयले सात दिनभित्र कर तिर्न एनसेल कम्पनीलाई पत्राचार गरेको थियो । ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेको थियो । उक्त फैसला अनुसार ठूला करदाता कार्यालयले टेलियासोनेराले एक्जियटालाई बेच्दा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार पुँजीगत लाभ भएको थियो । त्यसको कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ निर्धारण भएको थियो ।





























प्रतिक्रिया