भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभाको शुक्रबार एक समारोहबीच दीप प्रज्ज्वलनका साथ उद्घाटन भयो।
कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त हुनु नै सहिदहरुको सपना पूरा हुनु हो भन्दै नीति तथा कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनतर्फ नगरपालिकाले जोड दिनुपर्ने बताए।
उनले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले आआफ्नो निर्वाचन क्षेत्रमा बसी त्यस ठाउँको विकासतर्फ जोड दिनुपर्ने बताउँदै कृषिजन्य खाद्यान्न विदेशबाट आयात रोक्न कृषि क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए।
प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुँदा प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरुलाई बर्खास्त गर्नुपर्छ भन्दै उनले नेपालको प्राकृतिक स्रोतसाधन नेपाललाई नै अपुग भएको हुँदा विदेशीलाई बेच्न नहुने धारणा राखे।
भक्तपुर नगरपालिकाले नगरपालिकाभित्र दर्ता नभएका सहकारी संस्थाहरु सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिँदै उनले समस्याग्रस्त सहकारी संस्थाहरुको अनुगमनमा सम्बन्धित निकायले क्रियाशीलता देखाउनुपर्ने बताए।





























प्रतिक्रिया