प्रिन्स दाहाल विश्व खेल मञ्चमा राष्ट्रको नाम पहिचान गराउन सफल

प्रिन्स दाहाल विश्व खेल मञ्चमा राष्ट्रको नाम पहिचान गराउन सफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले फेरि एक पटक विश्व खेल मञ्चमा राष्ट्रको नाम पहिचान गराउन सफल भएका छन् । उनले थाईल्याण्डमा आयोजना भएको योनेक्स सिंह रोजा विटिवाई ईन्टरनेशनल च्याम्पियनसिप २०१९ यु–१७ एकलमा दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । उनी भारतीय खेलाडी प्रनभ राव गन्धमसँग २१–१५, २१–१२ ले पराजित हुँदै दोस्रो भएका हुन् ।

दुवई जुनियर ईन्टरनेशनल च्यम्पियनसिप तथा नेपालको विराटनगरमा आयोजना भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपका विजेता प्रिन्सले फाईनल प्रवेश गर्ने क्रममा जापान, थाईल्याण्ड, मलेसिया, फ्रान्स र भारतका खेलाडीहरुलाई पराजित गरेका थिए ।

थाईल्याण्ड ब्याडमिन्टन संघको आयोजनामा फागुन ९ गते देखि १५ गते सम्म आयोजना भएको च्याम्पियनसिपमा प्रिन्सले पहिलो चरणमा जापानका खेलाडीलाई २१–९, २१–६ ले पराजित गरेका थिए ।

यस्तै उनले दोश्रो चरणमा थाईल्याण्डका खेलाडीलाई २१–७, २१–८, तेश्रोमा मलेसियाका खेलाडीलाई २१–१०, १७–२१, २१–११, चौथोमा थाईल्याण्डका खेलाडीलाई २१–१०, २१–१३ ले, पाँचौमा फ्रान्सका खेलाडीलाई २१–१९, २१–२३ ले र क्वाटरफाईनलमा थाईल्याण्डका खेलाडीलाई २१–१३, २१–१६ ले पराजित गरेका थिए । यस्तै फाईलन प्रवेश गर्ने क्रममा उनले भारतका खेलाडी विकास यादवलाई २१–९, २१–१३ ले पराजित गरेका थिए ।

यु–१९ मा पनि प्रतिस्पर्धा गरेका प्रिन्सले पहिलो चरणमा थाईल्याण्डका खेलाडीलाई २१–१२, २५–२३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका थिए । दोश्रो चरणमा उनी जापानका खेलाडीसँग १५–२१, २१–१८ र २१–१२ ले पराजित भएका थिए ।

Logo