बैंगलोरविरुद्ध दिल्लीको व्याटिङ, सन्दीप टोलीमा फर्किए

बैंगलोरविरुद्ध दिल्लीको व्याटिङ, सन्दीप टोलीमा फर्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटलले बैंगलोरविरुद्ध व्याटिङ गरिरहेको छ । सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गरिरहेको हो ।

दिल्लीले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म दिल्लीले १ विकेटको क्षतिमा ७५ रन बनाएको छ । दिल्लीको टोलीमा सन्दीप फर्किएका छन्। उनलाई प्लेइङ-११ मा समावेश गरिएको हो।

घरेलु मैदानमा भईरहेको यो खेल जिते दिल्ली शीर्ष स्थानमा उक्लने मात्र छैन प्ले अफमा पनि स्थान लगभग सुनिश्चित गर्नेछ । बै‌ंगलोर भने अगाडि बढ्ने होडबाट लगभग बाहिरिसकेको छ। प्रतियोगिताको आफ्नो सातौँ खेलमा आएर पहिलो जित हात पारेको बैंगलोरले पछिल्ला लगातार तीन खेल जितेको छ।

प्रतियोगितामा बैंगलोर टोली सन्दीपका लागि निकै महँगो बनेको छ । टोलीको छैटौँ खेलमा दिल्लीले बैंगलोरलाई हराएपनि सन्दीप महँगो बनेका थिए। उनले त्यस खेलमा चार ओभरमा ४६ रन खर्चिएर एक विकेट हात पारेका थिए ।

Skip This
Skip This
Logo