शैक्षिक क्षेत्रमा छुट्टै नाम बनाउन सफल काठमाडौंको बागबजारअवस्थित काठमाडौं मोडेल कलेज (केएमसी)ले आयाेजना गरेकाे ‘म्यानेजमेन्ट सिम्युलेसन कार्यक्रम–२०८१’ कार्यक्रम सम्पन्न भएको छ ।
सिग्नेचर इभेन्टका रुपमा परिचित ‘म्यानेजमेन्ट सिम्युलेसन’ कार्यक्रम केएमसी कलेजले पछिल्लो ३ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको छ । इन्डस्ट्री र एकेडेमीबीच रहेको खाडल पुर्नका लागि आयोजना गरिएको कार्यक्रममा बिबिए एण्ड बिबिएमतर्फ आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित थिए ।
कलेजका बिबिए एण्ड बिबिएम प्रोग्राम डाइरेक्टर सागर खरेलले विद्यार्थीहरुलाई वास्तविक जिवनमा आइपर्ने समस्याहरुको समाधान कसरी गर्ने भनेर सिक्नका लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले आफूले पाएको शिर्षकका आधारमा आफ्नो आइडिया प्रस्तुत गरेका थिए । विद्यार्थीले आफूले पाएको शिर्षक अनुसार मार्केटिङ डिपार्टमेन्ट, एचआर डिपार्टमेन्ट, अपरेसन डिपार्टमेन्ट र इन्जिनियरिङ डिपार्टमेन्टमा बर्गीकरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीबाटै एक चियरमेन, जनरल म्यानेजर, डिपार्टमेन हेड, एचआर डिपार्टमेन हेड, मार्केटिङ हेड आदि नियुक्त गरेर बोर्ड मिटिङकाे झल्काे दिइएकाे थियाे । भविष्यमा कार्यक्षेत्रमा आइपर्ने वास्तविक समस्याकाे चुनाैती सामना र समाधान गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको प्रोग्राम डाइरेक्टर खरेलले बताए ।
यो कार्यक्रम बिहान ८ बजे सुरु भई साँझ ३ः४५ बजे सकिएको थियो । कार्यक्रममा ६० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।





























प्रतिक्रिया