काठमाडौं । क्यानडामा आयोजना हुने ग्लोबल टी-२० लिगमा यस पटक ३ नेपाली खेलाडीले खेल्ने भएका छन्।
यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनगर सन्दीप लामिछानेले ग्लोबल टी-२० लिग खेल्ने भएका हुन्।
ग्लोबल टी-२० लिग आगामी जुलाईदेखि सञ्चालन हुँदैछ।
सन्दीप चौथो पटक ग्लोबल टी-२० क्यानडा लिग खेल्दैछन् भने दीपेन्द्र दोस्रो पटक विदेशी लिगमा छनोट भएका हुन्।
यस अगाडि सोमपाल कामीले पनि ग्लोबल टी-२० खेलिसकेका छन्।































प्रतिक्रिया