प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कालिमाटीमा पनि

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कालिमाटीमा पनि

केन्द्रबिन्दु
0
Shares

प्रभु बैंकले कालिमाटीस्थित तरकारी बजारमा पनि एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक समारोहका विच कालिमाटी शाखा एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आवद्ध कृषी तथा फलफूल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ्ग पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्नेगरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आफ्नो एक्स्टेन्सन काउण्टर खोली सञ्चालनमा ल्याएको  बताएको छ ।

Logo