एनआईसी एशिया बैंकद्वारा ८ स्थानमा शाखा विस्तार

एनआईसी एशिया बैंकद्वारा ८ स्थानमा शाखा विस्तार

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकले एकसाथ ८ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरि एकसाथ ८ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र  बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्ली राम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले पोखरा महानगरपालिका वडा नं १० स्थित अमरसिंह चोक शाखाको उद्घाटन गरेका छन् । नार्गजुन नगरपालिका वडा नं.४ स्थित सितापाईला शाखा कार्यालयको उद्घाटन नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत, काठमाडौं महानगरपालिका वडा नं ३१ स्थित शंखमुल शाखाको उद्घाटन वडा अध्यक्ष नारायण प्रसाद भण्डारी, ललितपुर उपमहानगरपालिका वडा नं १८ स्थित भैसेपाटी शाखाको उद्घाटन वडा अध्यक्ष पुरोषोतम खड्काले गरेका हुन् ।

यसैगरी बिदुर नगरपालिका वडा नं १, स्थित त्रिशुली बजार शाखाको उद्घाटन मेयर सन्जु पण्डित, बिदुर नगरपालिका वडा नं १०, स्थित नुवाकोट बेत्रावती बजार शाखाको उद्घाटन वडा अध्यक्ष गणेश कुमार नेपाल र धुलिखेल नगरपालिका वडा नं. ४, काभ्रे स्थित धुलिखेल शाखाको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले गरेका हुन् । पर्साको छिपरमाई गाउँपालिका वडा नं. ५ स्थित भिस्वा शाखाको उद्घाटन छिपरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारले गरेका हुन् ।

बैंकले २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Skip This
Skip This
Logo