अन्डरआर्म्सको कालोपन हटाउने घरेलु उपाय

अन्डरआर्म्सको कालोपन हटाउने घरेलु उपाय

केन्द्रबिन्दु
0
Shares

गर्मी मौसम सुरु भएसँगै युवतीहरुमा ‘फेसन अन’ हुन्छ । यो महिना धेरै युवायुवतीको रोजाइमा पर्ने गरेको छ । गर्मी महिना भनेको युवतीहरुको फेसनेवल हुने समय पनि हो । गर्मीलाई लक्षित गरेर विभिन्न प्रकारका डिजाइनर ड्रेसहरु बजारमा आइसकेको छ । पसलमा झुण्डाइएको, सुन्दर डमीले लगाएको पहिरन देख्दा जोकोहीलाई त्यस्तै ड्रेस लगाउने इच्छा हुन्छ ।

गर्मीमा लगाउने पहिरन मध्ये युवतीहरुले एकदमै रुचाएको पहिरन स्लिभलेस हो । केहि युवतीहरुलाई स्लिभलेस पहिरन लगाउने इच्छा हुँदा हुँदै पनि लगाउन पाउँदैनन् । अन्डरआर्म्समा भएको कालोपनको कारण युवतीहरुले आफुलाई मनपर्ने डिजाइनको पहिरन लगाउँन पाउँदैनन् ।

अन्डरआर्म्समा कालोपन हुने धेरै कारण हुन सक्छ । धेरैचोटी सेभ गर्नु, गुणस्तरहिन कस्मेटिक प्रोडक्टको प्रयोग गर्नु, मृत छालाको कारण पनि छाला कालो हुन सक्छ । धेरै कसिलो पहिरन लगाउनाले वा हर्मोनले इन्फेक्सनको कारण पनि छालामा कालोपन आउन सक्छ । त्यसकारण आज हामीले अन्डरआर्म्सको कालोपन हटाउनको लागि घरेलु उपाय बताउने छौ, जसले गर्दा तपाईले निर्धक्क साथ स्लिभलेस पहिरन लगाउन सक्नुहुन्छ ।

१. वाक्सिङको प्रयोग गर्नेः
अन्डरआर्म्सको अनावश्यक रौं हटाउन सेभ गर्नुभन्दा राम्रो वाक्सिङ गर्नु हुन्छ । वाक्सिङ गर्दा रौं जराबाटै निस्कन्छ । त्यसको साथै मृत छाला पनि हटेर जान्छ र छाला सफा देखिन्छ ।

२. घरेलु प्याक लगाउनेः
अन्डरआर्म्सको कालोपन हटाउनको लागि घरमै प्याक बनाएर लगाउन सकिन्छ । बेसन, दही, कागती र बेसार मिसाएर प्याक बनाउने । उक्त प्याक हप्तामा एकपटक १५ देखि २० मिनेटसम्म अन्डरआर्म्समा लगाउने र सफा पानीले पखाल्ने । जसले कालोपन हटाउन मद्दत गर्छ ।

३. आलु लगाउनेः
आलु एक प्राकृतिक ब्लिच हो । दैनिक नुहाउनु भन्दा पहिले आलु टुक्रा बनाएर अन्डरआर्म्समा रगड्ने र पानीले पखाल्ने । यो विधिले छालाको कालोपन हटाउन सहयोग गर्छ ।

४. फिटकेरीको प्रयोग गर्नेः
कहिलेकाहि परफ्युमको प्रयोग धेरै गर्नाले पनि अन्डरआर्म्समा कालोपन आउँछ । परफ्युमको धेरै प्रयोगले अन्डरआर्म्स गन्हाउने हुन्छ । पसिना गन्हाउँछ भने घरेलु उपाय अपनाउन सकिन्छ । त्यसको लागि फिटकेरीले अन्डरआर्म्सको सफाई गर्न सकिन्छ । परफ्युमको प्रयोग संयमित ढंगले प्रयोग गर्नुपर्छ । त्यसको लागि गुणस्तरयुक्त परफ्युममा ध्यान दिनुपर्छ ।

Logo