प्रहरी अतिरिक्त महानिरीक्षकमा पोखरेलाई बढुवाका लागि सिफारिस

प्रहरी अतिरिक्त महानिरीक्षकमा पोखरेलाई बढुवाका लागि सिफारिस

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो।

सोमबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको प्रहरी महानिरीक्षक एवं बढुवा समितिका सदस्य–सचिव बसन्त बहादुर कुँवरले जानकारी गराएका छन्।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार पोखरेललाई सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।

Skip This
Skip This
Logo