टी-२० विश्वकप: वेस्ट इन्डिजलाई हराएसँगै दक्षिण अफ्रिका सेमिफाइनलमा

टी-२० विश्वकप: वेस्ट इन्डिजलाई हराएसँगै दक्षिण अफ्रिका सेमिफाइनलमा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत सुपर ८ को वेस्ट इन्डिजलाई हराएसँगै दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा तय गरेको छ।

सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ विकेटले पराजित गरेको हो।

बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथड अनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो। सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो।

यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ। सुपर आठको समूह २ बाट दक्षिण अफ्रीका पहिलो र ईङल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन्।

Skip This
Skip This
Logo