काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उपमेयर हरीप्रभा खड्गीले नटेरेको बताएका छन् । शुक्रबार काठमाडौं ६ का सांसद भिमसेनदास प्रधान लगायतको टोलीसँग मेयर शाक्यले उपमेयर नटेरेको गुनासो गरेका हुन् ।
खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर हटाउन शाक्य मार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको टोलीसँग शाक्यले गुनासो गर्दै भने, ‘मैले चैत २४ मा जानकारी पाएँ । नगरसभा चलिरहँदा तत्काल अनुगमन गरेर प्रतिवेदन दिन उपमेयरलाई भनेको थिएँ । तर उहाँले टेर्नु भएन । नगरसभाले दिएको जिम्मेवारी पुरा गर्नु भएन । कतै उहाँ योजनावद्ध र नियोजितरुपमा काम गरिरहनु भएको त छैन ?,’ उनले भने, ‘मलाई उपमेयरले त टेर्नु हुन्न अरु कसले टेर्ने ?’
भिमसेनदासलाई उनले उपमेयरलाई सम्झाइदिन आग्रह गरे । शाक्यले उपयमेयरलाई लिखितरुपमा तत्काल छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइसकेको बताए । उनले खुलामञ्च अतिक्रमण गर्नेलाई कारबाही गर्ने र अवैधानिकरुपमा बनेका सटर तत्काल हटाइने बताए ।
महानगरपालिकासँगको सम्झौता विपरित ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाएर भाडामा लगाएको छ । ठाँउ उपलब्ध गराएबापत उसले प्रतिसटर १५ लाख रुपैयाँ सम्म असुल्ने गरेको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया