नेपाल गुणस्तर परिषद्‍द्वारा कपडाको परीक्षण विधि पारित

नेपाल गुणस्तर परिषद्‍द्वारा कपडाको परीक्षण विधि पारित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो।

गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी कपडालाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए। यस्तै, बैठकले सुरक्षित सिसाको समेत मापदण्ड पारित गरेको छ। सुरक्षित सिसालाईसमेत विदेश निर्यातमा सहज हुने विभागले जनाएको छ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषदमा पठाउने गर्दछ। परिषद्का सदस्यसचिव विभागका महानिर्देशक रहने प्रावधान रहेको छ।

Logo