महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले आगामी वर्षका लागि सबै वडाका एक÷एक वडा गौरबको योजना छनौट गर्न आव्हान गरेका छन् । भीमदत्त नगरपालिका वडा नं. ६ ले सञ्चालन गरेको तीन महिने कटाई सिलाई तालिम समापन कार्यक्रममा उनले वडाको विकासको सबैभन्दा ठूलो योजनाका रुपमा गौरबको योजना छनौट गरिनु पर्नेमा जोड दिए ।
‘मेरो वडाको यो गौरबको योजना हो भनेर यस वर्ष अर्को वर्षका लागि योजना छनौट गरौं, त्यसका लागि म सबैमा आव्हान गर्छु’ उनले भने, ‘त्यो गौरबको योजना, जसले विकासमा केही योगदान पुगाओस, त्यसले वडाको पहिचान गर्छ ।’
नगर प्रमुख विष्टले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका योजनालाई गौरबको योजनाका रुपमा गौरबको योजना छनौट गर्न आग्रह गरे ।
नगरपालिकाले योजनालाई समयमा सम्पन्न गर्ने कुरा र गुणस्तरीय काम भए नभएको कार्य हेर्न जिम्मेवारी स्थानीयको पनि भएको उल्लेख गर्दै उनले नगरपालिकाले अनुमगन प्रणालीलाई समेत बलियो बनाउन लागेको बताए ।
नागरिकलाई उत्पादनसित जोडेर मात्रै समृद्धि आउने उल्लेख गर्दै नगर प्रमुख विष्टले स्वरोजगबार बन्न सीप मुलक तालिम सञ्चालन गरिने जानकारी दिए । नगरपालिकाले महिलासहित लक्षित समूदायलाई स्वरोजगार बनाउन सीप विकास तालिम केन्द्रसित समन्वय गरी विभिन्न किसिमका तालिम सञ्चालन गरिएकाले आगामी वर्षलाई त्यसलाई निरन्तरता दिने बताए ।
नगरपालिकाले पर्यटन, पूर्वाधार, छाडा पशु चौपाया व्यवस्थापन, विद्युतीकरण, ग्राभेलिङ्ग, कृषि क्षेत्रको प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । महाकाली नदीमा शव दाहसंस्कारको वर्षौदेखिको समस्या समाधान गर्न अन्त्येष्टि घाट निर्माण कार्य सुरु गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले शव वाहनका लागि निजी क्षेत्रसित साझेदारी गरी सञ्चालनको प्रक्रिया सुरु गरिएको बताए ।





























प्रतिक्रिया