चागुँनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माणको शिलान्यास

चागुँनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माणको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

भक्तपुर।

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरे ।

उनले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानु पर्ने कुनै कारण नभएको बताए। उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको भनाइ राखे ।

त्रिशुलडाँडामा कूल रु चार करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ । करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।

Skip This
Skip This
Logo