भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

केन्द्रबिन्दु
12
Shares

सुर्खेत । भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ। आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ।

निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताए। अहिले पहिरो हटाउने काम भइरहेको छ।

सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन्।

Skip This
Skip This
Logo