बारा-पर्सामा १४ सय ५३ घर पुनर्निर्माण गर्न सरकारले सेनालाई दियो ८५ करोड

बारा-पर्सामा १४ सय ५३ घर पुनर्निर्माण गर्न सरकारले सेनालाई दियो ८५ करोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत महिना बारा र पर्सामा आएको हावाहुरीका कारण भत्किएका घरको पुनर्निर्माण गर्न सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ दिने निर्णय गरेको छ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना,सन्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री बास्कोटाले उक्त जानकारी गराएका हुन् । सरकारी तथ्यांकअनुसार गत चैत १७ गते भएको उक्त घटनामा १ हजार चार सय ५३ घर ध्वस्त भएका छन् । हावाहुरीका कारण बारामा २८ जनासहित २९ जनाले ज्यान गुमाएका थिए भने ६ सय भन्दा बढी घाइते भएका थिए।

घर भत्किएलगत्तै सरकारले ती घरको पुनर्निमार्णको जिम्मा नेपाली सेनालाई दिएको थियो। वर्षायाम सुरु हुनुअघि नै पुनर्निमार्ण गरिसक्ने सरकारले जनाएको छ ।

Skip This
Skip This
Logo