राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले बिहिबार सामूहिक राजीनामा बुझाएका छन् ।
लामो समयदेखि आन्दोलनरत इन्जिनियरहरुले आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । करिब करिव १ हजार ५ सय इन्जिनियर ले काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन् ।
उनीहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौं महिनादेखि आन्दोलन गर्दै आएका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले बाध्य भएर राजीनामा दिनु परेको बताए। उनले समितिले आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुन: फर्कने प्रतिवद्धता पनि जनाए ।





























प्रतिक्रिया