घनश्याम भुसाललाई सघाउने सहमति भएको छैन: नेता खनाल

घनश्याम भुसाललाई सघाउने सहमति भएको छैन: नेता खनाल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन्।

विहिबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले आफ्नो दाबि जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गरेका हुन्।

बुधबार खनाल निवासमा भुसालसँगको छलफल पछि उनले अध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो।

नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताएका हुन्।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताएका छन्।

Logo