जुम्ला । कर्णाली राजमार्गमा पर्ने जुम्ला र कालीकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देशीय सहकारी संस्था जुम्लाले अर्ग्यानिक कोसेली घर स्थापना गरेको छ।
जिल्लामा उत्पादन हुने रैथाने बालीको बजारीकरणका लागि अर्ग्यानिक कोसेली घर स्थापना गरिएको सो सहकारीका प्रबन्धक विश्वराज खत्रीले बताए।
कर्णालीका रैथाने कृषि तथा पशुजन्य वस्तु सङ्कलन गरी कोसेली घर स्थापना गरिएको हो। संस्थामा आबद्ध सदस्यको आम्दानी बढाउन तथा किसानलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको प्रबन्धक खत्रीले बताए।
स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहजरूपमा बिक्री गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्गमा कोसेली घर सञ्चालन गरिएको चन्दननाथ बहुउद्देशीय सहकारी संस्था जुम्लाले जनाएको छ। सहकारीमा आवद्ध महिला सदस्यले उत्पादन गरेका रैथाने बाली कोसेली घरमा राखिने छ।





























प्रतिक्रिया