एनआईसी एशिया बैंकको शाखा मनमैंजुमा पनि

एनआईसी एशिया बैंकको शाखा मनमैंजुमा पनि

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंक लिमिटेडले तारकेश्वर नगरपालिका वडा–११ काठमाडौंस्थित मनमैंजुमा शाखा बिस्तार गरेको छ ।

तारकेश्वर नगरपालिकाका मेयर श्रीरामेश्वर बोहरा तथा बैंकका उपप्रादेशिक कार्यालय प्रदेश नम्बर ३ का प्रमुख विकास खरेलबाट उद्घाटन भएको हो ।शाखाको उद्घाटन समारोहमा बोल्दै मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैंकिङ पहुँच कम भएका स्थान छानी आमसर्वसाधारणसम्म बैंकिङ पहुँच वृद्घि गर्न बैंकले खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिवृद्वि गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको जानकारी गराए ।

बैंकले मुलुकभर २८१ शाखा कार्यालय, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Skip This
Skip This
Logo