हतारमा वाम एकता गर्दैनौँ: प्रधानमन्त्री प्रचण्ड

हतारमा वाम एकता गर्दैनौँ: प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा वाम एकता नगर्ने बताएका छन्।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले हतारमा वाम एकता नगर्ने बताएका हुन्।

उनले भने, ‘हामीले अहिले हतारमा पार्टी र वाम एकता गरे दुर्घटना निम्त्याउन चाहन्नौँ। किनकी विगतमा एकताको नाममा पुरानै दुर्घटना निम्त्याउन चाहन्नौँ। त्यसकारण हतारमा यो काम हुँदैन। र हामी सतर्क छौं, सतर्कका साथ अगाडि बढेका छौँ। यदि भएमा तपाईंहरूले काम देखिने गरी व्यवहारमा देख्नु हुनेछ।’

Logo